काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन ७३ अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको तेस्रो कारोवार दिन आज मंगलबार पुन ७० दसमलव एक अंकले ओरालो लागेर २६ सय १५ दसमलव ४० बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आज ११ दसमलव ४२ अंकले ओरालो लागेर चार सय ९४ दसमलव ९१ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय १८ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसबाट ७५ हजार तीन सय ७४ पटकको कारोवारमा एक करोड ३० लाख ३४ हजार आठ सय २८ कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त परिमाणामा सेयर खरिद बिक्री हुँदा कुल सेयर कारोवार रकम पाँच अर्ब ७४ करोड ५४ लाख ८८ हजार एक सय ७९ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यसदिन कारोवार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहरुको सुचक ओरालो लागेर सेयर बजार पुरै रातो भएको छ ।