अमेरिका । सामाजिक भिडिओ सञ्जाल कम्पनी युट्युबले कोरोना भाइरस संक्रमणविरुद्धका खोपसम्बन्धी गलत र भ्रमपूर्ण भिडिओहरु पोस्ट गर्न रोक्ने भएको छ । बुधबार एक ब्लगपोस्टमार्फत युट्युबले उक्त निर्णयको जानकारी दिएको हो ।
एपीका अनुसार अनलाइन गलत सूचनाविरुद्ध लड्न सरकारी स्वास्थ्य अधिकारीहरुलाई गाह्रो भइरहेका बेला यसले सघाउ पुग्ने आशा गरिएको छ । युट्युबको नयाँँ नियमले स्वास्थ्य अधिकारीले प्रमाणीकरण गरेका कुनै पनि खोपविरुद्ध भ्रम छर्न रोक्नेछ ।
कोरोना खोपविरुद्धका दाबीलाई गत वर्षदेखि नै युट्युबले रोक्न सुरु गरेको थियो । यस्ता दाबीसहितका भिडिओ पोस्ट गरे स्वतः डिलेट गर्ने कम्पनीले जनाएको छ ।