काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको सञ्चित मुनाफामध्येबाट हाल कायम रहेको चुक्ता पुँजी ७३ करोड १९ लाख ५९ हजार सात सय ६५ रुपैयाँको १० प्रतिशतको अनुपातमा सात करोड ३१ लाख ९५ हजार नौ सय ७५ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।
यसैगरी संस्थाले कर प्रयोजनको लागि शून्य दशमलव ५२ प्रतिशत अर्थात् ३८ लाख ५२ हजार चार सय २० रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको पछिल्लो पटक बसेको एक सय २०औँ बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।