काठमाडौं, माघ १५
नेपालको चितवनस्थित गौतम बुद्ध क्रिकेट रंगशाला निर्माण सहयोगार्थ सुवानी फिल्म्स प्रालिद्वारा निर्मित नेपाली चलचित्र ‘सेन्टी भाइरस’को मिडिया प्रमोसनको निमित्त ‘गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा साथ छ जगदम्बा सिमेन्टको’ भन्ने नारासहित जगदम्बा सिमेन्टले १० लाखबराबरको मिडिया प्रमोसनको निमित्त सहयोग गरेको छ ।
समाज सेवामा समर्पित धुर्मुस–सुन्तली फाउन्डेसनले राष्ट्रमा अत्याधुनिक अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण उद्देश्यले थालिएको यस अभियानमा राष्ट्रनिर्माणमा कटिबद्ध जगदम्बा सिमेन्ट मिडिया प्रमोसनमार्फत सरिक भएको हो । अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण, नेपालमा बढ्दो क्रिकेट क्रेज अझ व्यवस्थापन तथा प्रवद्र्धन गर्न महत्वपूर्ण कोशेढुंगा साबित हुनेछ भन्ने जगदम्बा सिमेन्टको मान्यता रहेको जनाएको छ । धुर्मुस–सुन्तली फाउन्डेसले समाजका विभिन्न क्षेत्रमा योगदान पु-याउँदै आएको छ ।
२०७२ को महाविनाशकारी भूकम्पको पुनर्निर्माणमा धुर्मुस सुन्तली फाउन्डेसनको योगदान महत्वपूर्ण र उल्लेखनीय रहेको छ । महोत्तरी, बर्दिबासस्थित नमूना मुसहर बस्ती फाउन्डेसनको नमूनायोग्य कामको रुपमा रहेको छ । बाढी पीडितका लागि रौटहट, चन्द्रनिगाहपुरमा निर्मित ‘एकीकृत नमूना सन्तपुर बस्ती’ प्रशंसनीय रहेको छ । साथै जगदम्बा सिमेन्टले धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालामा गई निर्माणकर्मीहरुको मनोबल उच्च राख्न प्राथमिक उपचार बक्स वितरण गरको छ ।