काठमाडौं । चाडपर्वको मौसममा ग्राहक वर्गलाई लक्षित गर्दै बाल्ट्राले ‘बाल्ट्रा बडा उत्सव’ उपहार योजना ल्याएको छ । यो उपहार योजनामा सहभागी ग्राहकहरुबाट हरेक हप्ता १ जनाले गोलाप्रथामार्फत सुनको सिठ्ठी (२२ क्यारेट, ४ ग्राम नेट तौल) जित्न सक्ने कम्पनीले जनाएको छ ।
नेपालभर रहेका हाम्रा आधिकारिक बिक्रेता (डिलर, रिटेलर, एक्स्क्लुसिभ सोरुम तथा अनलाइन रिटेलर) बाट बाल्ट्राका जुनसुकै सामान खरिद गर्ने ग्राहक यस प्रतियोगितामा सहभागी हुन सक्ने कम्पनीको भनाइ छ । यो योजनामा सहभागी हुन बाल्ट्रा–भ्याट÷प्यान बिल नं. र नाम टाइप गरी ३४००१ मा एसएसमएस गर्नुपर्ने कम्पनीले जनाएको छ ।
‘उपहार दाबी गर्नका लागि विजेताले सामान खरिद गरेको भ्याट/प्यान बिल ल्याउनुपर्नेछ, साथै उपहारमा लागू हुने कर विजेता आफैले व्यहोर्नुपर्नेछ’, कम्पनीले भनेको छ, ‘यस उपहार योजना सीमित अवधिका लागि मात्र लागू गरिएको छ ।’