काठमाडौं । इङवा हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ)को बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ नियुक्त भएको छ । कम्पनीका अनुसार प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको १९ लाख ६० हजार कित्ता साधारण सेयर निष्काशनको लागि उक्त क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरिएको हो ।
इङवा हाइड्रोपावरको रजिष्टर्ड कार्यालय, काठमाडौँ वडा नं. ११, थापाथलीमा आयोजित एक समारोहबीच नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र इङवा हाइड्रोपावरको तर्फबाट सञ्चालक सतिश न्यौपानेले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुुन् ।
इङवा हाइड्रोपावरले ताप्लेजुङ जिल्लामा ९.७ मेगावाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड नेपाल एसबीआई बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।