काठमाडौं । बेष्ट फाइनान्सले चालू आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा १२ करोड ११ लाख ६० हजार पाँच सय ७५ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा ८९ लाख ९९ हजार रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी ८२ करोड ८९ लाख १३ हजार सात सय ८९ रुपैयाँ रहेको फाइनान्सले चालू आवको पहिलो त्रैमासमा तीन अर्ब नौ करोड १६ लाख २० हजार चार सय ९३ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ३७ करोड ३८ लाख ७१ हजार सात सय २४ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई करोड ७२ लाख ५९ हजार नौ सय ९७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा चार दशमलव पाँच प्रतिशत कर्जा निष्क्रिय रहेको छ । स्प्रेड दर भने चार दशमलव ५३ प्रतिशत रहेको फाइनान्सको वितरणयोग्य नाफा भने यस अवधिमा २७ करोड २५ लाख ८४ हजार छ सय ९९ रुपैयाँले ऋणात्मक रहेको थियो ।
गत आवको सोही अवधिमा भने फाइनान्सले दुई अर्ब ९६ करोड ३५ लाख ९२ हजार ९४ रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ७८ करोड ८२ लाख १७ हजार दुई सय ४३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई करोड ८२ लाख ६८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा १४ दशमलव २६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दशमलव ९२ प्रतिशत रहेको थियो ।