काठमाडौं । सेयर बजार परिसुचक पुन उकालो लागेको छ । अघिल्लो दिन १८ दसलव छ अंकले उकालो लागेको बजार परिसुचक साताको अन्तिम कारोवार दिन आज बिहिबार पनि पुन १३ दसमलव चार अंकले उकालो लागेर २७ सय ८२ दसमलव १६ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आज चार दसमलव ४२ अंकले उकालो लागेर पाँच सय २० दसमलव ९८ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहरु अन्तर्गत दुई सय २२ वटा कम्पनीह्रुको सेयर कारोवार भएका छन् । जसबाट ५९ हजार एक सय ४० पटकको कारोवारमा ९२ लाख ३६ हजार छ सय १३ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल सेयर कारोवार रकम पाँच अर्ब ३९ करोड ५२ लाख ६८ हजार छ सय २८ रुपैयाँ पुग्न सफल भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यसदिन कारोवार भएका कुुल उपसमुहहरु मध्ये छ वटा उपसमुहको सुचक ओरालो लागेका छन् भने सात वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।