काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले बागमती प्रदेशअन्तर्गत काठमाडौँ जिल्लाको काठमाडौ महानगरपालिका वडा नं ३२ मा रहेको तीनकुने एक्सटेन्सन काउन्टरलाई शाखा कार्यालयकारूपमा परिणत गरी कारोबार सुरुवात गरेको छ । संस्थाको शाखा कार्यालय थप भएपछि १६ वटा शाखा कार्यालयहरू तथा ५ वटा एक्सटेन्सन काउन्टरहरूमार्फत वित्तीय सेवा तथा सुविधाहरू प्रवाह हुनेछन् । फाइनान्सले प्रदान गरिरहेका सम्पूर्ण सेवा सुविधाहरू उक्त नयाँ शाखाबाट समेत प्रवाह गरिने फाइनान्सले जनाएको छ ।
वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागार्ईँले स्थापना गरिएको नयाँ शाखाबाट काठमाडौँ महानगरमा बसोबास गर्ने सर्वसाधारणहरूको घरदैलोमा नै पुग्ने गरी आधुनिक प्रविधिको उपयोगद्वारा निक्षेप संकलन तथा कर्जा प्रवाहलगायतका वित्तीय सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
एटीएम, मोबाइल बैंकिङ, इ–बैंकिङ, आईपीएस, कनेक्ट आईपीएस, कर्पोरेट–पे, सी–आस्वालगायत आधुनिक प्रविधिमा आधारित सबै प्रकारका डिजिटल बैंकिङ तथा रेमिट्यान्स सेवाहरूको उपलब्धता रहेको फाइनान्सले छिटै शाखारहित बैंकिङ सेवा सञ्चालन गर्ने योजना अघि बढाएको छ । फाइनान्सले आगामीदिनहरूमा देशका प्रमुख सहर तथा सहरोन्मुख क्षेत्रहरूमा थप शाखाहरू स्थापना गरी वित्तीय सेवा प्रवाहलाई विस्तार गर्ने योजना बनाएको छ ।