काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले कपिलवस्तु जिल्लाको चन्दौटामा नयाँ शाखा विस्तार गरेको छ । बैंकले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ५ स्थित चन्द्रौटामा नयाँ शाखा विस्तार गरी शुक्रबारबाट कारोबारको थालनी गरेको हो । यो मेगा बैंकको दुई सय एकऔँ शाखा हो । बैंकले यस आर्थिक वर्षमा १३ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।