काठमाडौं । मुक्तिनाथ विकास बैंकले १८ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट हाल कायम रहेको चुक्ता पुँजी चार अर्ब ८१ करोड १५ लाख ५० हजार आठ सय तीन रुपैयाँमध्येबाट १७ दशमलव ५७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ९२ प्रतिशत समेत गरी कुल १८ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको यही कात्तिक १२ गते बसेको सञ्चालक समितिको दुई सय ६०औँ बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्यनमा आउनेछ ।