काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन ५५ दसमलव पाँच अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको दोस्रो कारोवार दिन आज सोमबार भने १७ दसमलव ७५ अंकले ओरालो लागेर २८ सय १९ दसमलव ८६ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव ८८ अंकले ओरालो लागेर पाँच सय २८ दसमलव ५८ बिन्दुमा झरेको छ । आज कुल १३ वटा उपसमुह अन्तर्गत दुई सय २६ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ८० हजार तीन सय ५१ पटकको कारोवारमा एक करोड ३४ लाख तीन हजार तीन सय १२ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज सात अर्ब ७७ करोड ७५ लाख १० हजार सात सय ७७८ रुपैयाँको सेयर कारोवार हुन पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्सें) मा आज कारोवार भएका कुुल उपसमुहहरु मध्ये तीन वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् भने १० वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।