काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा नै एक करोड ४५ लाख ९४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा दुई करोड ८० लाख १४ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ७३ करोड १९ लाख ६० हजार रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासिकमा तीन अर्ब ८६ करोड ७९ लाख ३१ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ६१ करोड ८८ लाख ३७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन करोड ४८ लाख ८१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ६४ लाख ६५ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात शुन्य दशमलव २८ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले दुई अर्ब ६८ करोड ४८ लाख सात हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ६७ करोड ९५ लाख ७४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन करोड ९१ लाख ४३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ३६ लाख ६२ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात शुन्य दशमलव ३३५ प्रतिशत रहेको थियो ।