काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले १२ दशमलव सात प्रतिशतले हुुन आउने एक अर्ब ७६ करोड ८८ लाख ५४ हजार दुई सय ७० रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ ।
बैंकका अनुसार २०७८ असार असान्तसम्म कायम रहेको सञ्चित मुनाफा र सेयर प्रिमियम कोष नौ करोड ८५ लाख २१ हजार सात सय ९७ रुपैयाँ ९६ पैसाबाट हाल कायम रहेको चुक्ता पुँजी १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार नौ सय ५७ रुपैयाँ ६० पैसामध्येबाट उक्त अनुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको यही कात्तिक २३ गते मंगलबार बसेको तीन सय ४२औँ बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वनमा आउनेछ ।