काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । साताको अन्तिम कारोवार दिन आज बिहिबार बजार परिसुचक ५९ दसमलव ५७ अंकले ओरालो लागेर २६ सय ९० दसमलव २९ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १० दसमलव ६३ अंकले ओरालो लागेर पाँच सय दुई दसमलव १९ बिन्दुुमा झरेको छ । आज १३ वटा उपसमुहहरुको दुई सय २५ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट ७३ हजार तीन सय २८ पटकको कारोवारमा ९४ लाख ७५ हजार नौ सय ३८ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही आधारमा आज कुल सेयर कारोवार रकम पाँच अर्ब ११ करोड ९६ लाख दुई हजार पाँच सय ४० रुपैयाँ पुग्न सफल भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहहरु मध्ये सबैको सुचक ओरालो लागेर सेयर बजार पुरै रातो भएको छ ।