काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । साताको पहिलो कारोवार दिन आज आइतबार नै बजार परिसुचक एक दसमलव ३८ अंकले ओरालो लागेर २६ सय ८८ दसमलव ९२ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने शुन्य दसमलव २५ अंकले उकालो लागेर पाँच सय दुई दसमलव ४४ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गतका दुई सय ३० वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ६१ हजार चार सय पाँच पटकको कारोवारमा ७४ लाख ३४ हजार पाँच सय ३७ कित्ता सेयर किनबेच हुन पुगेको छ । सोही किनबेचका आधारमा आज कुल सेयर कारोवार रकम चार अर्ब नौ करोड ६२ लाख १९ हजार रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहहरु मध्ये छ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने सात वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।