काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । यसअघि लगातार ओरालो लागेको बजार परिसुचक साताको दोस्रो कारोवार दिन आज सोमबार २६ दसमलव ४४ अंकले उकालो लागेर २७ सय १५ दसमलव ३५ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दसमलव १० अंकले उकालो लागेर पाँच सय छ दसमलव ५४ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय १८ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसअन्तर्गत ५९ हजार तीन सय १६ पटकको कारोवारमा ८६ लाख ३६ हजार छ सय ३६ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल सेयर कारोवार रकम चार अर्ब ७३ करोड ४६ लाख ५१ हजार चार सय ४३ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक उकालो लागेर सेयर बजार पुरै हरियो भएको छ ।