काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले डिजिटल बैंकिङसम्बन्धी देशव्यापी अभियानको सुरुवात गरेको छ । बैंकका अनुसार डिजिटल बैंकिङ सेवाको विस्तार र प्रोत्साहनको लागि देशव्यापी वित्तीय साक्षरता अभियान शुभारम्भ गरिएको हो । बैंकले शनिबार बनेपाको पुलबजारमा करिब दुई स ५० जना सहभागीहरूको उपस्थितिमा एक कार्यक्रम सम्पन्न गरी यस अभियानको शुभारम्भ गरेको हो ।
स्थानीयतहसम्मै डिजिटल वित्तीय चेतना तथा पहुँच पु-याउने उद्देश्यका साथ यस अभियानका लागि बैंकले ७६ जिल्लामा रहेका आफ्ना २८६ शाखा कार्यालय, केन्द्रीय र प्रादेशिक कार्यालयलाई समेत परिचालन गरी ग्राहक तथा स्थानीयवासी लाभान्वित बनाउने जनाएको छ । आजको समयमा डिजिटल बैंकिङ अपरिहार्य रहेको तथा मूलधारका वित्तीय माध्यमहरूलाई डिजिटल माध्यमले विस्थापित गर्दै जाने हुनाले डिजिटल बैंकिङको प्रयोग र यसका फाइदाहरूको बारेमा सर्वसाधारणसमक्ष जानकारी पु-याउनु जरुरी रहेको बैंकले जनाएको छ ।
यस्तो समाजपयोगी कार्यक्रमको आयोजना गरेकोमा स्थानीयले बैंकलाई धन्यवादज्ञापन गरेका थिए । कार्यक्रममा बैंकको तर्फबाट बजार तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी, सञ्चालन प्रमुख अनामिका सिंह, बागमती प्रदेश प्रमुख धोज साउद, बागमती प्रदेश उपप्रमुख प्रवेश पाण्डे, डिजिटल बैंकिङ प्रबन्धक मनिन्द्रराज जोशी, ट्रान्ज्याक्सन बैंकिङ प्रमुख प्रकाश पौडेल, कार्ड सञ्चालन प्रबन्धक रूपेश शर्मा, बनेपा शाखाका प्रबन्धक एकराज बर्तोला, पनौती शाखाका प्रबन्धक राजगोपाल श्रेष्ठ तथा बैंकका अन्य पदाधिकारीहरू एवं बनेपाका स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो ।