काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । साताको तेस्रो कारोवार दिन आज मंगलबार बजार परिसुचक ६९ दसमलव २२ अंकले उकालो लागेर २७ सय ८४ दसमलव ५७ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १४ दसमलव ९२ अंकले उकालो लागेर पाँच सय २१ दसमलव ४६ बिन्दुमा चढेको छ ।
आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २७ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसअन्तर्गत ६९ हजार दुई सय पटकको कारोवारमा एक करोड ९३ हजार दुई सय २१ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोवार रकम पाँच अर्ब ५२ करोड १६ लाख ५० हजार आठ सय ५७ रुपैयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक उकालो लागेका छन् ।