काठमाडौं । लुम्बिनी विकास बैंकले १३ दशमलव ६८ प्रतिशत मात्र लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले हाल कायम रहेको चुक्ता पुँजी दुई अर्ब ९० करोड ६४ लाख ५३ हजार पाँच सय ४९ रुपैयाँमध्येबाट १३ प्रतिशत अर्थात् ३७ करोड ७८ लाख ३८ हजार नौ सय ६१ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६८ प्रतिशत अर्थात् एक करोड ९८ लाख ८५ हजार नौ सय ५५ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । यसअघि भने १० प्रतिशत बोनस सेयर र तीन दशमलव ७१ प्रतिशत नगद लाभांश वितरणको अनुमति माग्दै राष्ट्र बैंकमा पत्र पठाएको थियो । राष्ट्र बैंकले उक्त प्रस्ताव अस्वीकृत गरेपछि बैंकले घोषित लाभांशमा परिमार्जन गरी १३ प्रतिशत बोनस सेयर र शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने संशोधित प्रस्ताव गरेको हो ।