काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले काँकडभिट्टामा नयाँ शाखा विस्तार गरेको छ । बैंकले प्रदेश नं. १ स्थित झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकडभिट्टामा नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैंकको दुई सय दुईऔँ शाखा हो । बैंकले यस आर्थिक वर्षमा १५ वटा नयाँ शाखा विस्तार गरिसकेको जानकारी दिएको छ ।