काठमाडौं । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ४५ प्रतिशत अर्थात् १८ करोड ८५ लाख ७४ हजार ९८ रुपैयाँबराबरको लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट हाल कायम रहेको चुक्ता पुँजी ४१ करोड ९० लाख ५३ हजार पाँच सय ५२ रुपैयाँमध्येबाट उक्त अनुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
घोषित लाभांशमध्येमा ४० प्रतिशत अर्थात् १६ करोड ७६ लाख २१ हजार चार सय २१ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि हुन आउने समेत गरी पाँच प्रतिशत अर्थात् दुई करोड नौ लाख ५२ हजार छ सय ७७ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको यही मंसिर एक गते बुुधबार बसेको एक सय २३औँ बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।