काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीले क्षति मूल्यांकनकर्ताको तालिम सम्पन्न गरेको छ । कम्पनीले कृषि तथा पशुपन्छी बीमा क्षति मूल्यांकनकर्ताको व्यवस्था गर्न कृषि तथा पशुपन्छी बीमाको लागि कम्पनीको लागि तोकिएका जिल्लाहरूः सोलुखुम्बु र ओखलढुङ्गा जिल्लाका सहभागीहरूलाई एकै स्थानमा समावेश गरी यही कात्तिक २८ देखि ३० गतेसम्म सोलुखुम्बु जिल्लाको पत्ताले गुठीभवन, पत्ताले सोलुखुम्बुमा बीमा समितिको प्रतिनिधिको रोहवरमा तालिम सम्पन्न गरेको हो ।
उक्त तालिममा १५ जना व्यक्तिहरूको सहभागिता रहेको थियो । क्षति मूल्यांकनकर्ताको तालिमपश्चात् कृषि तथा पशुपन्छी बीमाको क्षतिको लागि तोकिएको सीमाभन्दा बढीको क्षतिमा क्षति मूल्यांकनकर्ताले मूल्याङ्कन गरी दाबी भुक्तानी गर्ने व्यवस्थाबाट कृषि तथा पशुपन्छी बीमामा उल्लेख्य रूपमा सुधार भई कम्पनीले ग्राहकहरूलाई बीमा सेवा प्रदान गर्न सहज हुने अपेक्षा कम्पनीले गरेको छ ।