काठमाडौं । आर्थिक वर्ष २०७६–०७७ मा बैंक तथा वित्तीय संस्थाहरूमध्ये सबैभन्दा बढी कर्पाेरेट ट्याक्स जम्मा गर्ने नबिल बैंकलाई आन्तरिक राजस्व विभागले सम्मानपत्र हस्तान्तरण गरेको छ । बैंकले गत आर्थिक वर्षमा एक अर्ब ६७ करोड कर नेपाल सरकारलाई तिरेको थियो ।
विभागले मंसिर एक गते कर दिवसको अवसर पारेर बैंकहरूमध्ये सबैभन्दा बढी कर्पाेरेट ट्याक्स जम्मा गर्ने सूचीमा नबिल बैंकलाई राखेको थियो । पछिल्लो १० वर्षमा छैटौँ पटक बैंकहरूतर्फ उच्च कर भुक्तानीमा पर्न सफल भएको नबिल बैकले व्यापार प्रवद्र्धन, रोजगारी सिर्जना र कर भुक्तानीमार्फत समृद्ध मुलुक निर्माणका लागि आफ्नो तर्फबाट सरकारलाई योगदान पु-याएकोमा गर्व महसुस गरेको छ । विभिन्न बैंकिङ गतिविधिहरूको सुरुवात गरेको यस बैंकले अर्थव्यवस्थालाई उकास्ने मात्र नभई समस्त जनताको जीवनयापन र उनीहरूको आर्थिक वृद्धिमा समेत व्यापक पहुँच पु-याइरहेको छ ।
नेपालको निजी क्षेत्रको अग्रणी बैंक नबिलले हालसम्म राज्यलाई १६ अर्ब १२ करोड रुपैयाँ कर बुझाएको छ । यो भनेको बैंकको कुल पुँजीको एक दशलमव १६ गुणा बढी हो । बैंकिङ क्षेत्रमा सबैभन्दा बढी कर तिर्ने बैंकको परिचय बनाएको बैंकले आफ्ना लगानीकर्तालाई उच्च प्रतिफल र राज्यलाई आर्थिक योगदान पु¥याउँदै आफ्नो व्यवसाय र सेवा तीव्र विस्तार गर्दै अगाडि बढिरहेको छ ।
सन् १९८४ देखि आफ्ना ग्राहकहरूलाई समायनुुकूल सेवा प्रदान गर्दै आएको नबिल बैंकको एक सय ३५ शाखा, एक सय ८९ एटीएम, १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टमार्फत नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाको रूपमा काम गर्दै आएको छ ।