काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले ३० प्रतिशत अर्थात् ५४ करोड ९० लाख रुपैयाँबराबरको लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको खुद मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब ८३ करोड रुपैयाँबाट ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
घोषित लाभांशमध्येमा २७ प्रतिशत अर्थात ४९ करोड १० लाख रुपैयाँबराबरको बोनस सेयर तीन प्रतिशत अर्थात् पाँच करोड ४९ लाख रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको यही मंसिर १ गते बसेको दुई सय ६८औं बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।