काठमाडौं । यस साता सेयर बजार परिसूचक दुई हजार सात सय ६९ दशमलव १३ विन्दुमा पुगेर रोकिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच सय २२ विन्दुमा पुगेर रोकिएको छ ।
यस साता धितोपत्र बजारमा दुई सय ३० वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुसार तीन लाख ३७ हजार चार सय ७६ पटकको कारोबारमा चार करोड ७९ लाख ७१ हजार एक ९२ कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोबार रकम २८ अर्ब ३८ लाख ३५ हजार आठ सय ७५ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा निकै बढी हो । गत साता भने धितोपत्र बजारमा दुई सय ३० वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जसअनुसार दुई लाख २३ हजार पाँच सय २४ पटकको कारोबारमा दुई करोड ८६ लाख चार सय नौ कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोबार रकम १६ अर्ब छ करोड ८० लाख ५१ हजार एक सय ९० रुपैयाँ पुगेको थियो ।
यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुल्ला रहेको थियो । सो मध्ये पहिलो र पाँचो दिन सेयर बजार परिसूचक ओरालो लागेको थियो भने दोस्रो, तेस्रो र चौथो दिन सेयर बजार परिसूचक उकालो लागेको हो । जसअनुसार पहिलो दिन बजार परिसूचक एक दशमलव ३८ अंकले ओरालो लागेर दुई हजार छ सय ८८ दशमलव ९२ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव २५ अंंकले उकालो लागेर पाँच सय दुई दशमलव ४४ विन्दुमा चढेकोे थियो ।
दोस्रो दिन बजार परिसूचक २६ दशमलव ४४ अंकले उकालो लागेर दुई हजार सात सय १५ दशमलव ३५ विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव १० अंंकले उकालो लागेर पाँच सय छ दशमलव ५४ विन्दुमा चढेकोे थियो । तेस्रो दिन पनि बजार परिसूचक ६९ दशमलव २२ अंकले उकालो लागेर दुई हजार सात सय ८४ दशमलव ५७ विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि १४ दशमलव ९२ अंंकले उकालो लागेर पाँच सय २१ दशमलव ४६ विन्दुमा चढेकोे थियो ।
चौथो दिन पनि बजार परिसूचक १६ दशमलव ५२ अंकले उकालो लागेर दुई हजार आठ सय एक दशमलव ५२ विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ९८ अंंकले उकालो लागेर पाँच सय २५ दशमलव ४४ विन्दुमा चढेकोे थियो । पाँचौ दिन भने बजार परिसूचक ३२ दशमलव ३९ अंकले ओरालो लागेर दुई हजार सात सय ६९ दशमलव १३ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ४३ विन्दुले ओरालो लागेर पाँच सय २२ विन्दुमा झरेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीह्रुको सूचीमा नबिल, बैंक, महालक्ष्मी बिकास बैंक, अपर तामाकोशी हाईड्रो पावर कम्पनी, नेशनल हाईड्रो पावर कम्पनी अरुण कावेली पावर लिमिटेड आदि परेका छन् भने सेयर कारोबार भएका संख्याको आधारमा नेशनल हाईड्रो पावर कम्पनी हिमाल दोलखा हाईड्रो पावर कम्पनी, अरुण कावेली पावर लिमिटेड आदि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।