काठमाडौं, माघ १७
महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको कालिमाटी शाखाले यही माघ १० गते शुक्रबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्यू म्यानेजमेन्ट उपकरण जडान गरेको हो । उक्त उपकरण अस्पतालको ८६औं वार्षिकोत्सव समारोहमा समारोहका प्रमुख अतिथि तथा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावलले उद्घाटन गरेका हुुन् ।
अस्पतालमा उपचारका लागि आउने बिरामी तथा बिरामी कुरुवाहरूलाई सरुवा रोगहरू सर्न सक्ने उच्च सम्भावना देखिएको हुँदा उक्त सम्भावना न्यूनीकरण गर्ने उद्देश्यसहित बैंकले क्यू म्यानेजमेन्ट उपकरण जडान गरेको हो । देशका एक सय दुुईवटा शाखाहरूबाट बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले आगामी दिनहरूमा शुक्रराज अस्पतालसँग समन्वय गरी संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्यसँग सम्बन्धित विभिन्न कार्यक्रमहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।