काठमाडौ । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन ११ अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको दोस्रो कारोवार दिन आज सोमबार सात दसमलव नौ अंकले उकालो लागेर २७ सय ६५ दसमलव ४३ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव २१ अंकले उकालो लागेर पाँच सय १९ दसमलव ४६ बिन्दुुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २५ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट ५१ हजार पाँच सय २६ पटकको कारोवारमा ७५ लाख ६५ हजार पाँच सय १० कित्ता सेयर कारोवार भएका छन् । सोही किनबेचका आधारमा यसदिन कुल सेयर कारोवार रकम तीन अर्ब ९२ करोड ९२ लाख ६१ हजार छ सय २७ रुपैयाँ पुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यसदिन कारोवार भएका कुल उपसमुहहरु मध्ये आठ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् भने पाँच वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।