काठमाडौं । नेपाल बंगलादेश (एनबी) बैंक सञ्चालक समितिका अध्यक्ष एआरएम नजमुर शकिवले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । सोमबार नवनिर्वाचित अध्यक्ष नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेको बैंकले जानकारी दिएको छ ।