काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले सेयर मूल्य समायोजन गरेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार साताको तेस्रो कारोबार दिन मंगलबार संस्थाले २८ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य १६ सय ९९ रुपैयाँ ३० पैसा कायम गरेको हो ।
पछिल्लो पटक २१ सय ७५ रुपैयाँ १० पैसामा प्रतिकित्ता सेयर कारोबार भएको संस्थाको बजार पुँजीकरण भने १२ अर्ब एक करोड ९३ लाख ७२ हजार ३९ रुपैयाँ ४० पैसा पुगेको छ । नेप्सेमा भने संस्थाको एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको ५५ करोड २५ लाख ८९ हजार चार सय रुपैयाँ बराबरको ५५ लाख २५ हजार आठ सय ९४ कित्ता सेयर सूचीकृत रहेका छन् ।