काठमाडौं । मेगा बैंकले सेयर मूल्य समायोजन गरेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार बैंकले साताको तेस्रो कारोबार दिन मंगलबार १० प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य दुई सय ९२ रुपैयाँ ७३ पैसा तोकेको हो ।
पछिल्लो पटक प्रतिकित्ता तीन सय २२ रुपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको बैंकको बजार पुँजीकरण भने ५१ अर्ब ९० करोड ७८ लाख ८३ हजार सात सय ७६ रुपैयाँ पुगेको छ । नेप्सेमा भने बैंकको एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको १६ अर्ब १२ करोड चार लाख ६० हजार आठ सय रुपैयाँबराबरको १६ करोड १२ लाख चार हजार छ सय आठ कित्ता सेयर सूचीकृत रहेको छ ।