काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र वीरगञ्जको बहुअरीस्थित स्पर्श मल्टिस्पेसियालिटी अस्पतालबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा सिद्धार्थ बैंकका तर्फबाट वीरगञ्ज शाखा प्रबन्धक बाबुराम न्यौपाने तथा स्पर्श मल्टिस्पेसियालिटी अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक निमेश पल रमनले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार बैंकका ग्राहकहरूले स्पर्श मल्टिस्पेसियालिटी अस्पतालमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ, इन्टरनेट बैैंकिङ प्रयोग गरी भुक्तानी गरेबापत विभिन्न सेवा शुल्कमा २५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यसले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबार गर्न जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिद्धार्थ बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।