काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन एक दसमलव ६४ अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको चौथो कारोवार दिन आज बुधबार पाँच दसमलव २८ अंकले उकालो लागेर २६ सय ३३ दसमलव ६५ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ८९ अंकले उकालो लागेर चार सय ९६ दसमलव ७४ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुुई सय २३ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसअन्तर्गत ३७ हजार पाँच सय ८५ पटकको कारोवारमा ५३ लाख १० हजार दुई सय १५ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल सेयर कारोवार रकम दुई अर्ब ७४ करोड २० लाख ८५ हजार सात सय चार रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहरु मध्ये नौ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् भने चार वटा उपसमुहरुको सुचक ओरालो लागेका छन् ।