काठमाडौं । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीले ११ प्रतिशतले हुुन नौ करोड ७९ लाख १४ हजार आठ सय ३६ रुपैयाँबराबरको लाभांव वितरण गर्ने घोषणा गरेको छ । फाइनान्सले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट सात दशमलव ७० प्रतिशत अर्थात् छ करोड ८५ लाख ४० हजार एक सय २० रुपैयाँबराबरको बोनस सेयर र तीन दशमलव ३० प्रतिशत अर्थात् दुई करोड ९३ लाख ७४ हजार सात सय १६ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको यही मंसिर १४ गते बसेको तीन सय १०औँ बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं फाइनान्सको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।