पेरिस । अनलाइन मुद्रा बिटक्वाइन फेरि ह्वात्तै घटेको छ । एएफपीका अनुसार रातारात भर्चुअल मुद्रा झण्डै १० हजार अमेरिकी डलरले घटेको हो ।
पछिल्लो समय बिटक्वाइनको मूल्यमा उतारचढाव आइरहे पनि गत शुक्रबार र शनिबारको तुलना गर्दा झण्डै २० प्रतिशतले घटेर प्रतिबिटक्वाइन मूल्य ४२ हजार दुई सय ९६ अमेरिकी डलरले घटेको हो । शनिबार नै पछि फेरि यसको मूल्यमा केही सुधार देखिएको थियो । सुधार हुनेक्रममा ४८ हजार दुई सय १० अमेरिकी डलरमा कारोबार भएको थियो । त्यसो त ओमिक्रोन भाइरस देखापरेसँगै विश्वका सेयरबजार राताम्य भइरहेका छन्
गत नोभेम्बरयता बिटक्वाइनको मूल्यमा धेरै उतारचढाव देखिएको बताइएको छ । तर अहिले भने थोरै समयावधिमै धेरै उतारचढाव देखिएको हो । ६८ हजार तीन सय ६३ अमेरिकी डलरमा कारोबार भएको बिटक्वाइन एकै हप्तामै ६० हजार डलर पार गर्न नसक्ने गरी घटेको थियो ।