काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन ३२ दसमलव २२ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको तेस्रो कारोवार दिन आज मंगलबार भने ३७ दसमलव १८ अंकले ओरालो लागेर २५ सय आठ दसमलव ९० बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आज छ दसमलव ८५ अंकले ओरालो लागेर चार सय ७४ दसमलव १३ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ३१ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसअन्तर्गत ४९ हजार सात सय ४१ पटकको कारोवारमा ८३ लाख ३० हजार ९३ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल सेयर कारोवार रकम तीन अर्ब १२ करोड ८३ लाख ४१ हजार सात सय रुपैयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल १३ वटा उपसमुहहरु मध्ये दुई वटा उपसमुहहरुको सुचक बढेका छन् भने बाँकी ११ वटा उपसमुहहरुको सुचक घटेका छन् ।