काठमाडौं । नेपाल पेमेन्ट सोलुसन्सले आफ्नोे डिजिटल इकोसिस्टम विस्तार गर्दै मञ्जुश्री फाइनान्ससँग सम्झौता गरेको छ । नेपाल पेमेन्ट सोलुसन्स प्रालिको तर्फबाट प्रताप श्रेष्ठ, सीएक्सओ र सिमन श्रेष्ठ, विजनेस डेभलपमेन्ट मेनेजर तथा फाइनान्सका तर्फबाट सन्तोष निरौला, प्रमुख कार्यकारी अधिकृत र सुनिल शाही आईटी हेडले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सम्झौतापश्चात् नेपाल पेमेन्ट सोलुसन्सले मञ्जुश्री फाइनान्स डिजिटल इकोसिस्टम विस्तार गरेसँगै अब, मञ्जुश्री फाइनान्ससँग आबद्ध ग्राहकहरूले नेपाल पेमेन्ट सोलुसन्स्को चेक आउट, वन लिंक फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेटजस्ता सम्पूर्ण सेवाहरू उपयोग गर्न पाउनेछन् । नेपाल पेमेन्ट सोलुसन्सले यी सेवाहरू डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरूमार्फत उपलब्ध गराएको छ ।