काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहकहरूले दराजको १२.१२ योजनामा दुई हजार रुपैयाँसम्म छुट पाउने भएका छन् । पछिल्लो समय ग्राहकहरूमा प्रविधिको प्रयोग गरी अनलाइनमार्फत आफूलाई आवश्यक विभिन्न समानहरू खरिद गर्ने बानी रहेकोले बैंकले आफ्नो कार्डबाहकहरूलाई प्रविधिको प्रयोगमा उत्प्रेरित गर्नुको साथै दुई हजार रुपैयाँसम्मको विशेष छुटको योजना ल्याएको हो ।
जसअन्तर्गत दराजको १२.१२ योजनामा बैंकको कार्डबाहकहरूले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १० प्रतिशत वा अधिकतम दुई हजार रुपैयाँसम्मको छुटको सुविधा उपयोग गर्न सक्नेछन् । बैंकको कार्डबाहकहरूले यस योजनाबाट आफूलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यममार्फत प्रिपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड प्रयोग गरेमा १० प्रतिशत वा अधिकतम एक हजार रुपैयाँसम्म छुट र क्रेडिट कार्ड प्रयोग गरेमा १० प्रतिशत वा अधिकतम दुई हजार रुपैयाँसम्म छुटको पाउनेछन् ।
यो योजनामा बैंकको कार्डबाहकहरूले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी दुई हजार रुपैयाँसम्मको छुटसहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरू खरिद गर्न सक्नेछन् । बैंकले हाल ९१ शाखा कार्यालयहरू, ८४ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।