काठमाडौं । नेपाल राष्ट्र बैंकले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको लाभांश स्वीकृत गरेको छ । यसअघि संस्थाले कात्तिक १६ गते सञ्चालक समितिको ६६औँ बैठक बसेर २०७८ असार मसान्तसम्म कायम रहेको चुक्ता पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँमध्येबाट १७ प्रतिशतले हुन आउने दुई करोड पाँच लाख ९५ हजार पाँच सय रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाएको थियो । राष्ट्र बैंकबाट स्वीकृत उक्त प्रस्ताव संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने संस्थाले जानकारी दिएको छ ।