काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ५६ लाख ७९ हजार रुपैयाँले खुद नोक्सानी बेहोरेको छ । गत आवको सोही अवधिमा भने संंस्थाको यस्तो नाफा २६ लाख सात हजार रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी १५ करोड २५ लाख रुपैयाँ रहेको संस्थाले चालू आर्थिक पहिलो त्रैमासिक अवधिमा १८ करोड ९९ लाख ७३ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ७२ करोड ४५ लाख २० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई करोड ५८ लाख ३६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ७४ लाख ९२ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ८८ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले चार करोड ७१ लाख ५३ हजार रुपैयाँ निक्षेप संकलन गरी ३७ करोड ९१ लाख ७३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ६७ लाख ३४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम २१ लाख १७ हजार रुपैयाँ रहेको थियो ।