काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले १४ प्रतिशत अर्थात् ११ करोड १६ लाख ३२ हजार सात सय ७१ रुपैयाँबराबरको लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको यही मंसिर २२ गते बसेको सञ्चालक समितिको दुई सय १२औँ बैठकले हाल कायम रहेको चुक्ता पुँजी ७९ करोड ७३ लाख ७६ हजार नौ सय ३५ रुपैयाँ ५० पैसामध्येबाट उक्त अनुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
बैंकका अनुसार घोषित लाभांशमध्येमा १३ दशमलव ३० प्रतिशत अर्थात् १० करोड ६० लाख ५१ हजार एक सय ३२ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत अर्थात् ५५ लाख ८१ हजार छ सय ३८ रुपैयाँ ५६ पैसाबराबरको नगद लाभांश रहेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ ।