काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको केन्द्रीय कार्यालय भवनको सिलान्यास भएको छ । का.म.न.पा. वडा नं. ३ पानीपोखरीस्थित जग्गामा कम्पनीको केन्द्रीय कार्यालय भवनको शुक्रबार बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले शिलान्यास गरेका हुन् ।
उक्त शिलान्यास समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेल, कम्पनीका संस्थापक सेयरधनी, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल, कम्पनीका सञ्चालक समितिका अध्यक्ष हेमराज ढकाललगायत सम्पूर्ण सञ्चालकहरू, संस्थापक सेयरधनीहरू, कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठलगायत उच्च व्यवस्थापन अधिकृत, विभागीय प्रमुखहरू, शाखा प्रमुखहरूलगायतको उपस्थिति रहेको थियो ।
शिलान्यासको शुभ साइतको समयमा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट भवनको जगमा शिला राखेर शुभ साइतमा भवनको शिलान्यास गरे । उक्त शिलान्यास समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले आफ्नो व्यस्थताको बाबजुत पनि समारोहमा उपस्थित भई भवनको शिलान्यास गरिदिएकोमा बीमा समितिका अध्यक्षलाई सञ्चालक समिति तथा आईजीआई परिवारको तर्फबाट धन्यवाद व्यक्त गरेका छन् ।
श्रेष्ठले कम्पनीको केन्द्रीय कार्यालयको प्रयोजनको लागि आज शिलान्यास भएको भवन समयमै निर्माणसम्पन्न हुने र उक्त भवन एक नमूना भवन हुने जानकारी गराउँदै यस सुखद समराहोमा उपस्थित भई हौसला प्रदान गरेकोमा समितिका अध्यक्ष, कार्यकारी निर्देशकलगायत उपस्थित सबैलाई हृदयदेखि धन्यवाद व्यक्त गरेका छन् ।