काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । साताको सुरुवाती कारोवार दिन आज आईतबार नै बजार परिसुचक ८८ दसमलव सात अंकले ओरालो लागेर २३ सय ६१ दसमलव २७ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १५ दसमलव १५ अंकले ओरालो लागेर चार सय ५० दसमलव आठ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २८ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ५१ हजार आठ सय ४४ पटकको कारोवारमा ७४ लाख ६० हजार आठ सय ७४ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल सेयर कारोवार रकम तीन अर्ब ३८ करोड २५ लाख नौ हजार पाँच सय २० रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार पुरै रातो भएको छ ।