काठमाडौं । राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ बद्रीकुमार गुरागाईले बैंकमा तरतला पर्याप्त भएको बताएका छन् । चितवनमा पत्रकारसँग कुराकानी गर्दै सीईयो गुरागाईले तरलता संकट अभावका समयमा पनि राष्ट्रिय सहकारी बैंकमा तरलता अभाव नभएको बताएका हुन् ।
बैंक तथा वित्तीय सहकारीमा तरलता अभाव भइरहेका बेला सहकारीमा त्यस्तो तरलता संकट नदेखिएको उनले बताए । गुरागाईका अनुसार बैंकको गत असारसम्मको तुलनामा यसअवधिमा कुल कर्जामा ५० प्रतिशतले बढेको छ । शुक्रबारसम्मको वित्तीय विवरणअनुसार तरलता १७ दशमलव ७३ र कर्जा निक्षेप अनुपात ७९ दशमलव १६ प्रतिशत रहेको बैंकले जनाएको छ ।