काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो डिजिटल कारोबारलाई अझ स्तरीय बनाउन नेपाल पेमेन्ट सोलुसन्स प्रालिसँग सम्झौता गरेको छ ।
सम्झौताअनुसार लुम्बिनी विकास बैंकसँग आबद्ध ग्राहकहरूले नेपाल पेमेन्ट सोलुसन्सको लोड वालेट तथा विभिन्न मर्चेन्ट भुक्तानीजस्ता सम्पूर्ण सेवाहरू उपयोग गर्न पाउनेछन् । सम्झौतामा बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नेपाल पेमेन्ट सोलुसन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रताप श्रेष्ठले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।
बैंकले हाल देशभरका ३० वटा जिल्लामा ७७ शाखाहरू र १७ वटा एटिएमबाट आफ्ना करिब तीन लाख ग्राहकहरूलाई उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिहरूसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको जानकारी दिएको छ ।