काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र लाइफ लाइन होम हेल्थ केयर प्रालिबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरूलाई १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौतापश्चात् ग्राहकहरूले लाइफ लाइन होम हेल्थ केयरले प्रदान गर्ने ल्याब सेवामा १५ प्रतिशत र पीसीआर चेकजाच तथा नर्सिङ सेवामा १० प्रतिशत छुट पाउनेछन् ।
ग्राहकहरूले उक्त सेवाहरूमा छुट उपयोग गर्नको लागि बैंकको मोबाइल बैकिङ तथा कार्डहरूको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । लाइफ लाइन होम हेल्थ केयरले ललितपुर जिल्लाको पुल्चोकबाट सेवाग्राहीहरूलाई गुणस्तरीय सेवा तथा सुविधाहरू प्रदान गर्दै आइरहेको छ । बैंकले हाल ९१ शाखा कार्यालयहरू, ८४ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।