काठमाडौं । टीडीओ नेपालले ‘एसएमएस गरौँ बाइक जितौँ’ कन्टेस्टको विजेताहरु घोषणा गरेको छ । कम्पनीले गत बिहीबार एक कार्यक्रमको आयोजना गरी उक्त कन्टेस्टको विजेताहरुलाई पुरस्कार वितरण गरेको हो । टेलिनेट प्रालिका प्रमुख कार्यकारी अधिकृत नभंकुर सुदले बम्पर उपहार ‘बजाज पल्सर’ विजेता गंगा प्रसाद शाह तेलीलाई पुरस्कार हस्तान्तरण गरेका थिए ।
उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुदले टीडीओ नेपालको एमहेल्थजस्ता पहलहरुले हरेक दिन कम्पनीको सेवाको प्रयोगकर्ताहरुमा वृद्धि ल्याइरहेको बताए । टीडीओ नेपालको सबै स्वास्थ्य सम्बन्धित सेवाहरु ग्राहकहरुले आकर्षक मूल्यमा रोजेको भाषामार्फत आफ्नो घरबाट सजिलै उपयोग गर्न सक्ने उनको भनाइ छ । उक्त कार्यक्रममा ‘एसएमएस गरौँ बाइक जितौँ’ कन्टेस्टका अन्य मासिक, साप्ताहिक र दैनिक विजेताहरुलाई पनि पुरस्कार वितरण गरिएको थियो । महामारीको कारणले कार्यक्रमको आयोजना तीन महिनापछि सारिएको कम्पनीले जनाएको छ ।
कम्पनीले एनसेलसँगको सहकार्यमा गत जेठ २४ मा स्वास्थ्य तथा कल्याण शिक्षा र सचेतनाको लागि एक विशेष प्रतियोगिता सुरु गरेको थियो । उक्त पहलले उपभोक्ताहरुलाई महामारीको समयमा के गर्ने र के नगर्नेबारे जानकारी मात्र नदिई घरमै बसेर स्वस्थ जीवनशैली अपनाउन प्रोत्साहन पनि गरेको थियो । यस सेवाले महामारीमा नेपाल भरका आफ्ना प्रयोगकर्ताहरुलाई २० हजार रुपैयाँभन्दा बढीको परामर्श सेवा प्रदान गरेको बताइएको छ ।