काठमाडौं । युनिभर्सल थट कन्सल्टले छैठौं व्यवस्थापन तथा आईटीसम्बन्धी शैक्षिक मेला आयोजना गर्ने भएको छ । ‘स्टडी इन नेपाल’ भन्ने मूल नाराका साथ आगामी बिहीबारदेखि राजधानीमा उक्त मेला आयोजना हुनलागेको हो ।
काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा दुई दिन आयोजना गर्न लागिएको उक्त शैक्षिक मेलामा एमबीए, एमबीएस, एमएस्सी, सीएसआईटी, बीबीए, बीएससी, सीएसआईटी, बीएलटी, बीआईएम, बीएचएम, बीबीआईएस, बीटीटीएम, बीबीएम, बी एचटीएम, बीएसडब्लु, बीबीएस, बीबीए, बीआई, बीई, बीडीएफइन, बीडीइभ्सलगायतका शैक्षिक उपाधिहरु प्रदान गर्ने ३० शैक्षिक संस्थाहरुको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।
छैठौँ शैक्षिक मेलामा यस वर्ष कक्षा ११, १२ अध्ययन गर्दै रहेको र कक्षा १२ को परीक्षा सकेर बसेका पाँच हजार विद्यार्थीको सहभागिता रहने यूटीसीका कार्यकारी निर्देशक राजेश बुद्धसैनीले जानकारी दिए । यस वर्षको शैक्षिक मेलामा नेपाली विश्वविद्यालयबाट क्रमशः पोखरा विश्वविद्यालयका नौ शैक्षिक संस्था, त्रिभुवन विश्वविद्यालयका छवटा, पूर्वाञ्चल विश्वविद्यालयका तीनवटा, काठमाडौं विश्वविद्यालयका दुईवटा, मध्यपश्चिम विश्वविद्यालयका पाँचवटा नेपाली विश्वविद्यालयका कलेज, दुई वटा सीए र एक अन्य अध्यापन गराउने संस्थाहरुको सहभागिता रहने भएको छ । यस्तै १५ वटा विदेशी विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेजहरुको सहभागिता रहने मेलामा ५१ वटा स्टलहरु रहने युटीसीका एडमिनिसट्रेटिभ एण्ड फाइनान्स डाइरेक्टर प्रकाश ढकालले बताए ।
यस मेलाको टाइटल स्पोन्सर प्रेसिडेन्टल बिजनेस स्कुल तथा कलेज रहेको छ भने मुख्य स्पोन्सरमा आईआईएमएस कलेज, इनएसोसिएसन विथमा ट्रिनिटी कलेज र किष्ट कलेज साथै मिड भ्याली कलेज, माल्पी कलेज, मेदाभी कलेज, एआईटीएम कलेज, केआईसी कलेज पावर बाइमा तथा मेलाको इभेन्ट मेनेजर इन्टरडक्सन ट्रेड सो नेपाल प्रा.लि रहेको छ ।