काठमाडौं । माछापुच्छ्रे बैंकले झापाको सुरुङ्गा बजारमा अवस्थित स्थानीय व्यवसायीहरूलाई क्यूआर कोड हस्तान्तरण गरी डिजिटल कारोबारको सुरुवात गरेको छ । नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने तथा ग्राहक तथा व्यापारीलाई सहज डिजिटल बैंकिङ सेवाको पहुँच पु-याउने लक्ष्यका साथ सुरु गरिएको उक्त सेवाको कन्काई नगरपालिकाका मेयर राजेन्द्र कुमार पोखरेल र नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले संयुक्तरूपमा उद्घाटन गरेको बैंकले जानकारी दिएको छ ।
उक्त कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आगामी दिनमा डिजिटल बैंकिङको अपरिहार्यताका बारेमा प्रकाश पारेका थिए । माछापुच्छ्रे बैंक पूर्वी क्षेत्रका प्रमुख व्यवसाय अधिकृत डिल्लीराम गिरीले उद्घोषण गरेको उक्त कार्यक्रमा माछापुच्छ्रे बैंक प्रदेश नं. ०१ का प्रदेशप्रमुख दिपेन्द्रप्रसाद वाग्ले र दायित्व तथा बाह्य मामिला विभाग उपप्रमुख प्रतिमा पाण्डेको उपस्थितिले स्थानीय व्यवसायीहरूलाई क्यूआर कोड र डिजिटल बैंकिङको बारेमा थप जानकारी लिन सहज भएको थियो । उक्त क्यूआर कोड सेवा सुरु भएसँगै ग्राहकहरूले आफूले उपभोग गरेको वस्तु तथा सेवाको रकम भुक्तानी सिधै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन् ।
आफूले प्रयोग गरेको वस्तु तथा सेवाको आफ्नै बैंक खातामार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको विकास हुने, व्यापारीलाई हरेक दिन आफूले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानु नपर्नेलगायतका थुपै सुविधाहरूको कारणले गर्दा क्यूआर कोड सेवाको पछिल्लो समय सबै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको छ । यही कुरालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले पछिल्लो समय देशका धेरैजसो स्थानहरूमा आक्रामक रूपमा यो सेवा प्रदान गर्दै आइरहेको छ ।
स्थापनाकालदेखि नै नयाँ–नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली कमर्सियल बैंकिङ इतिहासमा पहिलो पटक आफ्नै मोबाइल वालेट रेमिट्याप सञ्चालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरू जस्तैः मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा, अनलाइनमार्फत खाता एंव मुद्दती खाता खोल्नेलगायतका थुप्रै अत्याधुनिक प्रविधिहरू आफ्ना ग्राहकमाझ ल्याइसकेको छ ।