काठमाडौं । मिदास टेक्नोलोजीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको सेवा डिजिटलाइज गर्नुको साथै अनलाइन टिकट सेवा सुरु गरेको छ । उक्त सेवाको सुचारुसंगै प्रदेश १ र २ का बिरामीहरूले बिहानै देखि घण्टँौसम्म लाइनमा बस्नुपर्ने सास्तीबाट छुट्कारा पाउने भएका छन् ।
यो सेवा पूर्वाञ्ञल स्वास्थ्य क्षेत्र अन्तर्गतमा पहिलोपटक मिदास टेक्नोलोजी सफ्टवेरमार्फत सुरू गरिएको हो । बिरामीहरू आफैँ अपोइन्टमेन्ट लिन र भुक्तान गर्न सक्षम हुने हुँदा अस्पतालमा गई लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत हुने कम्पनीले जनाएको छ । अहिलेको समयमा यो सेवा प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ ।
यो सेवा हाललाई टिचिङ अस्पताल, बिर अस्पताल, सिभिल सर्भिस अस्पताल, मनमोहन कार्डियोसँगै मिदास टेक्नोलोजीले उपलब्ध गराएको सफ्टवेर प्रयोगकर्ता माझ अन्य सरकारी तथा निजी अस्पतालहरुले समेत दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसन मार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको छ ।